
काठमाडौँ- फिफा क्लब विश्वकपमा इन्टर मियामीलाई पराजित गर्दै पीएसजी क्वाटरफाइनलमा प्रवेश गरेको छ। गए राति भएको खेलमा पीएसजी ४-० ले विजयी भयो।
यो पराजयसँगै मेस्सीको क्लब इन्टरमियामी क्लब विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ।
त्यस्तै गए राति नै भएको अर्को खेलमा बायर्न म्युनिखले फ्लामिङ्गोलाई पराजित गरेको छ। बायर्न ४-२ ले फ्लामिङ्गोलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको छ।
प्रकाशित: १६ असार २०८२ ७:५४
प्रतिक्रिया