किन बस्दैछ कांग्रेसको केन्द्रीय समिति बैठक?

हिमाल प्रेस १६ असार २०८२ ७:३९
10
SHARES
किन बस्दैछ कांग्रेसको केन्द्रीय समिति बैठक?

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु हुँदैछ। बैठक दिउँसो एक बजेका लागि आह्वान भएको हो। आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको पहिलो एजेण्डाका रूपमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गर्ने राखिएको छ । यो अभियानमा कांग्रेसले केन्द्रीय नेताहरूलाई जिल्ला जिल्लामा खटाएको थियो ।

उनीहरूले जिल्ला जिल्लामा पुगेर ल्याएको पार्टीको वास्तविक अवस्थासम्बन्धी प्रतिवेदन केन्द्रीय समितिमा छलफल गरी पारित गरेर त्यही अनुसार पार्टीले आगामी दिनका लागि सांगठनिक रणनीति बनाउने मुख्यसचिव पौडेलले जानकारी दिए ।

बैठकको दोस्रो एजेण्डा भ्रातृसंस्थाको तदर्थ समितिबारे राखिएको छ। कांग्रेसका ७ भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो। ती भ्रातृसंस्थाको म्याद अन्तिम पटकका लागि थप्ने तयारी छ। अन्तिम पटक थपिएको समयमा पनि महाधिवेशन नभए स्वतः भंग गर्ने सहमति कांग्रेसमा बनिसकेको छ ।

प्रकाशित: १६ असार २०८२ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast