तान्जानियामा बस दुर्घटनामा ३८ जनाको मृत्यु

हिमाल प्रेस १५ असार २०८२ २०:४६
12
SHARES
तान्जानियामा बस दुर्घटनामा ३८ जनाको मृत्यु

काठमाडौँ– तान्जानियाको किलिमञ्जारो क्षेत्रको साबासाबा नामक स्थानमा बस र मिनिबस आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ।

राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा दुर्घटनामा दुई महिलासहित ३८ जनाको ज्यान गएको पुष्टि गरिएको छ। साथै, २८ जना घाइते भएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार, दुर्घटना बसको टायर पञ्चर भएपछि चालकको नियन्त्रण गुम्दा भएको हो। ठोक्किएपछिको आगलागीले क्षति थप भयावह बनाएको बताइएको छ।

‘दुर्घटनामा परेका मध्ये ३६ जनाको शरीर पूर्ण रूपमा जलेकोले पहिचान गर्न कठिन भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अहिले पनि घाइतेमध्ये ६ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ। तान्जानियामा यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

विश्व स्वास्थ्य संगठनको सन् २०१८ को प्रतिवेदन अनुसार सन् २०१६ मा मात्रै तान्जानियामा १३ हजार देखि १९ हजार जना मानिस सडक दुर्घटनामा ज्यान गुमाएका थिए।-रासस/एएफपी

प्रकाशित: १५ असार २०८२ २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast