
काठमाडौँ- अभिनेत्री नीता ढुंगानाले फिल्म ‘सुख दुःख’ निर्देशन गर्ने भएकी छन्। उनले फिल्मको थिम पोस्टरसमेत सार्वजनिक गरेकी छन।
अभिनेत्री नीताले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन्। फिल्ममा निर्माता र कलाकारबारे खुलाइएको छैन। टिमका अनुसार अहिले फिल्मकाे पटकथा लेखन कार्य भइरहेको छ।
नीता फिल्मस्को ब्यानरमा निर्माण हुनेछ। यही ब्यानरमा यसअघि फिल्म ‘ह्रस्व दीर्घ’ बनेको थियो।
प्रकाशित: १५ असार २०८२ १३:११
प्रतिक्रिया