महिला एसियन कप : लाओससँग भिड्दै नेपाली टोली

हिमाल प्रेस १५ असार २०८२ १०:३६
10
SHARES
महिला एसियन कप : लाओससँग भिड्दै नेपाली टोली

काठमाडौँ- एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा सुरु हुँदैछ।

नेपालले, आइतबार नै लाओससँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ। खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ। यो नेपाली महिला फुटबल टिमको एक सयौँ अन्तर्राष्ट्रिय खेल पनि हो।

छनोटमा नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलंका गरी चार टिमको सहभागिता छ। शनिबार भएको प्रि–म्याच कन्फरेन्समा सबै टिमले शीर्ष स्थानमा रहने लक्ष्य रहेको उल्लेख गरे। नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले , प्रतियोगितामा सबैले राम्रो फुटबल खेलुन् भन्ने चाहना रहेको प्रतिक्रिया दिए।

प्रकाशित: १५ असार २०८२ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast