
काठमाडौँ- मलेसियामा जारी एसीसी मेन्स यू १६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो। समूह ‘ए’ अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि सुरु हुनेछ।
हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ। नेपालले पहिलो खेलमा पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो।
प्रकाशित: १५ असार २०८२ ७:३१
प्रतिक्रिया