पोखराको सुन्दरीबजारमा बस दुर्घटना, २ घाइते

हिमाल प्रेस १४ असार २०८२ १०:५७
18
SHARES
पोखराको सुन्दरीबजारमा बस दुर्घटना, २ घाइते

पोखरा- पोखराको सुन्दरीबजारमा बस दुर्घटना भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्।

काठमाडौँदेखि पोखरा आउँदै गरेको ग १ ख १८८८ नम्बरको यात्रुबाहक बस शनिबार बिहान साढे ४ बजे पोखरा–२६, सुन्दरीबजारमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार तीव्र गतिमा रहेको गाडी चालकले नियन्त्रण गुमाउँदा नालीमा खसेर दुर्घटना भएको हो।

बसमा चालक र सहचालकसहित ९ जना यात्रु थिए। २ घाइतेको उपचार भइरहेकोमा छ। अरू सकुशल छन्।

प्रकाशित: १४ असार २०८२ १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast