सभामुखले बोलाए प्रमुख तीन दलका मुख्य सचेतकहरूसहितको बैठक

हिमाल प्रेस १४ असार २०८२ ८:५७
58
SHARES
सभामुखले बोलाए प्रमुख तीन दलका मुख्य सचेतकहरूसहितको बैठक सभामुख देवराज घिमिरे। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतकरूको बैठक बोलाएका छन्। सभामुखले बिहान साढे १० बजे बानेश्वरमा प्रमुख तीन दलका मुख्य सचेतकको बैठक बोलाएका हुन् ।

रास्वपाको संसदीय दलको बैठक भएकाले रास्वापका प्रमुख सचेतकसँग बैठक सकिएपछि तीन दलका मुख्य सचेतकसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। त्यसअघि सभामुखले दलका सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । आजको बैठकबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पारित गर्ने कार्यसूची छ ।

प्रकाशित: १४ असार २०८२ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast