वेनिसमा अमेजनका मालिक बेजोसको भव्य वैवाहिक समारोह, स्थानीयवासी उत्रिए विरोधमा

हिमाल प्रेस १३ असार २०८२ २०:१५
22
SHARES
वेनिसमा अमेजनका मालिक बेजोसको भव्य वैवाहिक समारोह, स्थानीयवासी उत्रिए विरोधमा वैवाहिक समारोहमा सहभागी हुन पुगेकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्स्का ट्रम्प र इभान्स्काका पति जारेड कुशनर। तस्बिर : एपी

काठमाडौँ- इटलीको रमणीय सहर वेनिसमा अहिले विश्व चर्चित व्यक्तित्वहरूको घुइँचो लागेको छ। कारण हो–अमेजन कम्पनीका मालिक बेजोस र अमेरिकी टेलिभिजन प्रस्तोता लौरा सान्चेजबीच भइरहेको भव्य विवाह समारोह।

६१ वर्षीय बेजोस र ५५ वर्षीया सान्चेबीच तीन दिवसीय वैवाहिक कार्यक्रम बिहीबारदेखि सुरू भएको हो। करोडौँ डलर खर्च भएको बताइएको यो वैवाहिक समारोहका विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

तर, विवाहमा किम कार्डासियन, ओप्रा विनफ्री, अल्र्यान्डो ब्लूम, जोर्डनकी रानी रनिया, अमेरिकी फुटबलर टम ब्रेडी, गायक अशर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इम्भाका ट्रम्पलगायत थुप्रै चर्चित व्यक्तिहरू लक्जरी डुंगा चढेर वैवाहिक समारोहमा सहभागी हुँदै गरेको देखिएको छ।

यो विवाह समारोहलाई लिएर वेनिसमा व्यापक विरोधसमेत भइरहेको छ। स्थानीयवासी र वातावरणकर्मीहरू वैवाहिक समारोहमा भएको व्यापक खर्च, पर्यावरणीय असर र सामाजिक असमानतालाई लिएर विरोधमा उत्रिएका छन्।

वेनिसलाई विश्वकै सुन्दर सहरहरूमध्ये एक ठानिन्छ। तर, जलवायु परिवर्तनका कारण समुद्री तह बढ्ने जोखिममा रहेकाले त्यहाँका स्थानीयवासी भव्य वैवाहिक कार्यक्रमको विरोधमा उत्रिएका हुन्। त्यस्तै अत्याधिक पर्यटनको असरस्वरूप वेनिसमा किफायती आवासको अभाव र आधारभूत सेवामा पहुँचको समस्या देखिएको छ।

बेजोसको भव्य वैवाहिक समारोहका कारण थप फोहोर, भीडभाड र कार्बन उत्सर्जन हुने र यसले वातावरणमा प्रभाव पार्ने स्थानीयको भनाइ छ।

यो विवाह समारोहले एकातर्फ विश्वभरको ध्यान तान्न सफल भएको छ भने अर्कातर्फ पूँजीवादी विलासिता र सामाजिक उत्तरदायित्वबीच द्वन्द्वलाई पनि उजागर गरेको छ।

प्रकाशित: १३ असार २०८२ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast