
काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ चैतमा सम्पन्न एसईईको नतिजा शुक्रबार प्रकाशन गरेको हो। एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।
कोशीमा ४७ हजार ८ सय ३५ जना, मधेशमा ५९ हजार ७ सय ४९ जना, बागमतीमा १ लाख १९ हजार ५ सय १७ जना, गण्डकी ४७ हजार ८ सय ४९ जना, लुम्बिनी ५७ हजार ६ सय ८७ जना, कर्णाली ४६ हजार ४ सय ५५ जना, सुदूरपश्चिममा ५९ हजार ८ सय ४ जना ग्रेडेड भएका हुन्।
बोर्डका अनुसार नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। २०८१ सालको परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो।
यसरी हेर्न सकिन्छ नतिजा :
बोर्डले अनुमति दिएको सर्टकोड र वेबसाइटहरूमार्फत विद्यार्थी तथा अभिभावकले नतिजा हेर्न सक्नेछन्।
नेपाल टेलिकम – SMS/USSD: 1600, IVR: 1600
www.neb.gov.np (राष्ट्रिय परीक्षा बोर्ड)
www.see.ntc.net.np (नेपाल टेलिकम)
https://bit.ly/GetNcellApp (एनसेल)