
काठमाडौँ- आज असारको पहिलो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
उपत्यकामा केके हुँदै छ त हेरौं,
कथा घेरामा ‘सिक रूम’
टेकुस्थित कौशी थिएटरमा असार ६ देखि नाटक ‘सिक रूम’ चलिरहेको छ। थिएटरको सातौं वाार्षिकोत्सवको अवसरमा मञ्चनरत नाटक आकांक्षा कार्कीको निर्देशनमा बनेको हो। राजिव जोसेफको नाटक ग्रुसम प्लेग्राउन्ड इन्जरिजको नेपाली रूपान्तरण हो।
नाटक निर्देशक कार्कीले नै रूपान्तरण गरेकी हुन्। निर्देशक कार्कीसहित नाटकमा नूर खनाल, अभिषेक खड्का, आकांक्षा कार्की र सुदाम सिकेको अभिनय छ। यही २८ असारसम्म मञ्चन हुने नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः १५ बजे र शनिबार १ बजेको अतिरिक्त सो मञ्चन हुनेछ।
मण्डलामा ‘हत्या’
थापागाउँस्थित मण्डला थिएटरमा असार ५ देखि नाटक ‘हत्या चलिरहेको छ। नाटकको कथा ब्रिटिश लेखक प्याट्रिक ह्यामिल्टनको मनोवैज्ञानिक थ्रिलर कथा ‘रोप’ मा आधारित छ। नाटकको नेपाली रूपान्तरण तथा निर्देशन सुदीप तिमल्सिनाले गरेका हुन्।
नाटकको कथा अपराधसँग सम्बन्धित मनोवैज्ञानिक थ्रिलर कथामा आधारित छ। मण्डला थिएटरको ‘रि-याक्ट’ तेस्रो व्याचका विद्यार्थीहरूले अभिनय गरेका छन्। नाटकमा सोमराज यदुवंशी, प्रेमा लामगाडे, पौरख मर्दन बस्न्यात निकेश आचार्य, सागर तामाङ, सागर खड्का, कृष्ण कुमार यादव र विक्रान्त रेग्मीको अभिनय छ। यही असार १५ सम्म मञ्चन हुने सोमबार बाहेक साताको प्रत्येक दिन अपरान्ह ४ बजे र शनिबार दिउँसो १२ बजे मञ्चन हुनेछ।
शिल्पी थिएटरमा ‘डल्ले खोला’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ मञ्चन भइरहेको छ। जेठ २९ देखि मञ्चनरत नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ बजे र साँझ ५ः १५ बजे। रंगकर्मी वेदना राईको परिकल्पना र निर्देशनमा मञ्चन भएको हो। नाटकका लेखक कथाकार परशु प्रधान हुन्। नदी/खोलाको विषयमा पुल बनाउने बाहानामा भइरहेको राजनीति नाटकको मुख्य विषयवस्तु हो। यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश छ।
मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे मञ्चन हुने नाटकमा कलाकार उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईले अभिनय गरेका छन्। एक थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्माता सौजन सेनेहाङ हुन्।
हलमा नेपाली, हिन्दी र अंग्रेजी ११ फिल्म
कुन कुन फिल्म?
एफ १ः द मुभि
हलिउड फिल्म ‘एफ १ः द मुभि’ यही असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा जनरामा बनेको फिल्मका निर्देशक जोसेफ कोसिन्स्की हुन्। फिल्ममा ब्राड पिट जेभियर बार्डेम, ड्यामसन इद्रिसलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, लबिम मल र सिभिल मलमा फिल्मको १८ सो छ।
आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।
मा
बलिउड फिल्म ‘मा’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर जनरामा बनेको फिल्ममा काजोल, रोनित रोय इन्द्रनिल सेनगुप्तालगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक विशाल फरिया हुन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, छाया सेन्टरमा फिल्मको १७ सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्म ‘मा’ चलिरहेको छ।
एम थ्रि गन २.०
अंग्रेजी फिल्म ‘एम थ्रि गन २.०’ यही असार १३ देखि नेपालमा चलिरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्ममा जेमेन क्लेमेन्ट, एलिसन विलियम्स, इभाना सख्नोलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक जेरार्ड जोनस्टोन हुन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल, सिटी स्क्वायर मलमा फिल्ममा ८ सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म प्रदर्शनरत छ।
सितारे जमीन पर
बलिउड फिल्म ‘सितारे जमीन पर’ यही असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आर.एस. प्रसन्न हुन्। फिल्ममा आमिर खान, जेनेलिया देशमुख, बृजेन्द्र कालालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र लबिम मलमा फिल्मको २२ सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।
कनप्पा
बलिउड फिल्म ‘कनप्पा’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्ममा विष्णु मन्चु मोहनलाल, प्रभास, अक्षय कुमारलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक मुकेश कुमार सिंह हुन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मलमा फिल्मको ९ सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म ‘कनप्पा’ प्रदर्शन भइरहेको छ।
नारुतो द मुभिः निन्जा क्ल्यास इन द ल्याण्ड अफ द स्ना
विदेशी फिल्म ‘नारुतो द मुभिः निन्जा क्ल्यास इन द ल्याण्ड अफ द स्ना’ नेपालमा प्रदर्शन भइरहेको छ। तेन्साई ओकामुराको निर्देशनमा बनेको फिल्ममा जुन्को ताकेउची, चिए नाकामुरा, नोरियाकी सुगियामालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको दुई सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, सिटी सिनेमाजमा फिल्मको चलिरहेको छ।
कुबेरा
दक्षिण भारतीय फिल्म ‘कुबेरा’ असार ६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निदेशक शेखर कममुला हुन्। थ्रिलर, क्राइम र ड्रामा जनरामा बनेको फिल्ममा धनुष, नागार्जुन अक्किनेनी, रश्मिका मन्दनालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल र सिटी स्क्वायर मल र सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।
हाउसफूल ५
हिन्दी फिल्म ‘हाउसफूल ५’ जेठ २३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अक्षय कुमार, रितेश दृेशमुख, अभिषेक बच्चन, सञ्जय दत्तलगायत कलाकार छन्। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक तरुन मन्सुखानी हुन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको दरबार सिनेम्याक्स, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाजमा ‘हाउसफूल ५’ चलिरहेको अन्य हल हुन्।
२८ इयर्स लेटर्स
हलिउड फिल्म ‘२८ इयर्स लेटर्स’ पनि असार ६ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। हरर थ्रिलर जनरामा बनेको फिल्ममा ज्याक ओकोनेल, राल्फ फिएनेस, आरोन टेलर–जोनसनलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक ड्यानी बोयल हुन्। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मलमा फिल्मको २ सो छ।
हाउ टु ट्रेन योर ड्रागन
त्यस्तै हलिउड फिल्म ‘हाउ टु ट्रेन योर ड्रागन’ पनि जेठ ३० देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेञ्चर जनरामा बनेको फिल्ममा मेसन थेक्स, निको पार्कर, जेरार्ड बटलर, निक फ्रस्टलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक डीन डेब्लोइस हुन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, छाया सेन्टरमा फिल्मको ३ सो छ।
महाभोज
यही जेठ ३० देखि हलमा ‘महाभोज’ फिल्म प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक दिनेश राउत हुन्। सरकारी पीडितको कथामा बनेको फिल्म सोसल ड्रामा जनरामा बनेको छ। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको बिएसआर मुभिजमा फिल्मको सो छ।
ऊनको स्वीटर
वैशाख २६ देखि हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। फिल्म नवीन चौहानको लेखन र निर्देशनमा बनेको छ। यो उनको डेब्यु फिचर फिल्म हो। फिल्मले १० करोडभन्दा माथिको व्यापार गरिसकेको छ। प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनरत छ।
लाज शरणम्
गतवर्ष फागुन १४ देखि प्रदर्शन भएको फिल्म ‘लाज शरणम्’ रञ्जना सिनेप्लेक्समा एकल सो चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।