सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ हजार ९ सयले सस्तो

हिमाल प्रेस १३ असार २०८२ १२:३३
34
SHARES
सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ हजार ९ सयले सस्तो

 काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदी दुबैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ मा कारोबार भइरहेको छ। बिहीबार सो मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँ थियो।

यस अनुसार सुनको मूल्य एकैदिन २ हजार ९ सय रुपैयाँले घटेको हो। त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य घटेको छ। बिहीबार २ हजार १७५ रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार २ हजार १६५ रुपैयाँ मा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति औंस ३२९८ अमेरिकी डलर मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १३ असार २०८२ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast