यस्तो छ आज तपाईँको राशिफल

हिमाल प्रेस १३ असार २०८२ ५:४५
208
SHARES
यस्तो छ आज तपाईँको राशिफल

आज २०८२ साल असार १३ गते शुक्रबार। असार शुक्ल द्वितीया। पञ्चाङ्ग व्याघात कौलव पुनर्वसु। तदनुसार सन् २०२५ जुन २७ तारिख। यो राशि जगदीश सुवेदीले तयार पारेका हुन्।

मेष

आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ।

वृष

पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

मिथुन

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

कर्कट

घरेलु काममा रूचि बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ।

सिंह

मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाइलेखाइमा प्रगति हुनेछ। व्यापारमा गरेको लाभ मिल्न सक्छ।

कन्या

दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। व्यापारमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेकोछ।

तुला

साथीभाईसँग रमाइलो भेटघाट हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। अरूले तपाइँको मेहनत र इमान्दारिताको खुलेर प्रसंसा गर्नेछन्।

वृश्चिक

परोपकारी काममा रूचि बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। विश्वास गरेकाले धोका दिन सक्छन्। सामाजिक उत्तरदायित्व बढ्नेछ।

धनु

सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाइलेखाइमा प्रगति हुनेछ।

मकर

शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन्। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ।

कुम्भ

स्वास्थ्यमा केही समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाईसँग भेटघाट हुँदा मन खुसी रहनेछ।

मीन

टाढाको यात्राको सम्भावना देखिन्छ। पढाइलेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गेरको कामहरू सफल हुनेछन्।

प्रकाशित: १३ असार २०८२ ५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast