
काठमाडौँ- ‘छोराे’ बोलको म्युजिकल फिल्म सार्वजनिक भएको छ। भिडियो इमरिक स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
सरोज अर्यालको कथा रहेकाे म्युजिकल फिल्ममा निम्नवर्गीय परिवारकाे कथा र छोराको जिम्मेवारीलाई देखाइएको छ। सरोजकै शब्द रहको गीतमा उनकै संगीत र स्वर छ।
प्रेम थापाले निर्देशन गरेको भिडियोमा सन्तोष विष्ट, किरण शाही ठकुरी, शिवराम अर्याल र नम्रता काफ्लेले अभिनय गरेका छन्।
रञ्जन महतले छायांकन गरेको म्युजिकल फिल्म धीरज अधिकारीको सम्पादनमा बनेको छ।
यस्तो छ गीत
प्रकाशित: १२ असार २०८२ ११:२५
प्रतिक्रिया