
काठमाडौँ- नेकपा एमालेले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी साउन ५ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो।
बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय पनि गरेको छ । त्यसैगरी विधान महाधिवेशनमा तीन वटा दस्ताबेज पेस गर्ने एमालेले निर्णय गरेको छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सगठनात्मक प्रस्ताव तयार गर्नेछन्।
ती प्रस्तावहरू विधान महाधिवेशनमा प्रस्तुत हुनेछन्। विधान महाधिवेशनको बाँकी काम केन्द्रीय कार्यालयले गर्नेछ। साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पोलिटब्युरो बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा लैजानेछ ।