रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

हिमाल प्रेस १० असार २०८२ २०:५६
10
SHARES
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु तस्बिरः रोयटर्स

किभ, युक्रेन (रासस/एएफपी)- पूर्वी युक्रेनको ड्निप्रो सहरमा रूसी क्षेप्यास्त्र आक्रमणका कारण कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने धेरै नागरिक घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। घाइतेहरूमध्ये १० जना बालबालिका पनि छन्, जसको अवस्था गम्भीर रहेको बताइएको छ।

यस घटनाको केही घण्टाअघि युक्रेनकै सुमी क्षेत्रमा भएको मानवविहीन हवाई यन्त्र (ड्रोन) आक्रमणमा पाँच वर्षका बालकको पनि निधन भएको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यसैबीच नेदरल्याण्डमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी हुन पुगेका छन्। त्यहाँ मित्र राष्ट्रका नेताहरूसँग रूसविरुद्ध थप प्रतिबन्ध तथा सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ।

ड्निप्रोपेत्रोभ्स्क क्षेत्रीय उद्धार सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा घाइते नागरिकहरूको उद्धार तथा उपचारको कार्य भइरहेको देखिन्छ। केही नागरिकहरू गम्भीर रूपमा घाइते भएको र तत्काल स्वास्थ्य सेवामा पठाइएको जानकारी आएको छ।

क्षेत्रीय प्रमुख सेर्गी लिसाकका अनुसार ड्निप्रोमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै नजिकैको सामर नामक बस्तीमा पनि दुई जनाले ज्यान गुमाएका छन् र नौ जना घाइते भएका छन्।

प्रकाशित: १० असार २०८२ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast