एक अर्ब घटाएर ल्यायो इटहरी उपमहानगरले बजेट

हिमाल प्रेस १० असार २०८२ १९:०७
18
SHARES
एक अर्ब घटाएर ल्यायो इटहरी उपमहानगरले बजेट

इटहरी- इटहरी उपमहानगरपालिकाले एक अर्ब रुपैयाँभन्दा बढी घटाएर बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ५५ करोड २१ लाख बजेट सार्वजनिक गरिएको हो।

उपुप्रमुख संगीताकुमारी चौधरीले नगरसभामा प्रस्तुत गरेको विवरण अनुसार चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार छुट्याएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ साँवा र ब्याज भुक्तानीका लागि ९० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख ९० हजार विनियोजन गरिएको जनाइएको छ।

उपमहानगरले यस वर्ष ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब भन्दा कमको हो। चालू आर्थिक वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो। गत वर्ष महत्वाकांक्षी बजेट ल्याएको भन्दै आलोचनासमेत भएको थियो।

प्रकाशित: १० असार २०८२ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast