घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

हिमाल प्रेस १० असार २०८२ १७:४८
26
SHARES
घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो प्रतिनिधिमूलक तस्बिर

झापा- कमल गाउँपालिका-१ कृष्णखोलामा आज एक बालकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष उमेरको बालकको शव बगाएर ल्याएको भन्ने सूचना प्राप्त भएको थियो।

लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएर शव पहिचान गर्ने क्रममा मृतक सोही ठाउँका मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुशान भएको खुलेको उनले जानकारी दिए।

प्रहरीका अनुसार सुशान यही असार ८ गते अपराह्न ३ बजेदेखि घरबाट कसैलाई जानकारी नदिई निस्केका थिए।

आफन्त तथा छिमेकीले खोजी गर्दा फेला नपरेपछि बालकका पिताले असार ९ गते इलाका प्रहरी तोपगाछीमा हुलिया विवरणसहित निवेदन दिएका थिए।

प्रकाशित: १० असार २०८२ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast