भिजिट भिसा प्रकरणमा संलग्न कोही पनि उम्कनु हुँदैन : सांसद गैरे

हिमाल प्रेस १० असार २०८२ १४:५१
16
SHARES
भिजिट भिसा प्रकरणमा संलग्न कोही पनि उम्कनु हुँदैन : सांसद गैरे

काठमाडौँ- नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य (सांसद) ठाकुर गैरेले भिजिट भिसा प्रकरणमा संलग्न सबैलाई कारवाही गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बेल्दै उनले भने,‘भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको गम्भीर ध्यानाकर्षण भएको छ। भिजिट भिसा प्रकरणमा जुन रूपमा नेपाली ठगिएका र सास्ती पाएका छन् त्यसबाट धेरै सम्पत्ति गुमाएका छन्। यसबाट कोही पनि दोषी उम्कनु हुँदैन।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरण छानबिन प्रक्रियालाई कुनै अवरोध गर्न नहुने उल्लेख गर्दै सांसद गैरेले भिजिट भिसा प्रकरणजस्ता काण्डलाई आगामी दिनमा दोहोरिन नदिन कानुनगत सुधार गर्नुपर्ने बताए।

उनले भने, ‘यो संसद्मा जनताका समसामयिक विषयमा छलफल हुनुपर्ने हो, आर्थिक संकट निवारणको विषयमा छलफल हुनुपर्ने हो, बजेटबारे पर्याप्त छलफल हुनुपर्ने, सुशासन र समृद्धिको बारेमा छलफल हुनुपर्ने तर अन्य विषयमा छलफल भइरहको छ।’

प्रकाशित: १० असार २०८२ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast