विराटनगर महानगरले ल्यायो ४ अर्ब ४० लाख बजेट

हिमाल प्रेस १० असार २०८२ १३:५६
10
SHARES
विराटनगर महानगरले ल्यायो ४ अर्ब ४० लाख बजेट

इटहरी- विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४ अर्ब ४० लाखको बजेट ल्याएको छ। मंगलबार नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले कुल ४ अर्ब ४० लाख रुपैयाँको अनुमानित आय र व्यय बजेट प्रस्तुत गरिन्।

प्रस्तुत बजेटअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरुका लागि ८ करोड विनियोजन गरिएको छ।

भौतिक पूर्वाधारतर्फ समपुरक योजनाहरूका लागि ६ करोड २० लाख, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरूका लागि ७० करोड, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरण कार्यक्रमका लागि २ करोड, भवनसंहिता तथा निर्माण इजाजतका लागि १ करोड ६५ लाख विनियोजन गरिएको छ।

सडक पूर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार, सडक बोर्डबाट सञ्चालन हुने योजनाहरूका लागि १ करोड ५० लाख, नगरस्तरीय योजनातर्फ ६४ करोड ६१ लाख १ हजार गरी पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरिएको छ।

वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार विनियोजन गरिएको छ। विषयगत क्षेत्रमध्ये सामाजिक विकासतर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि ५० लाख, युवा विकास कार्यक्रमका लागि ३८ लाख, आदिवासी जनजाति दलित मधेशी पीछडा वर्ग यौनिक अल्पसंख्यक कार्यक्रमका लागि ४० लाख, खेलकुद विकास कार्यक्रमका लागि ९० लाख, जेष्ठ नागरिक कार्यक्रमका लागि २० लाख, अपाङ्कता क्षमता विकास कार्यक्रमका लागि २५ लाख, खानेपानी सरसफाई २० लाख, सार्वजनिक निजी साझेदारी २५ लाख, सामाजिक सुरक्षा तथा पञ्जीकरण ३० लाख, रोजगार प्रवर्द्धन कार्यक्रम ६९ लाख र संघसंस्था अनुदान ५ करोड ५ लाख गरी सामाजिक विकासतर्फ १ अर्ब ८९ लाख ३० हजार विनियोजन गरिएको छ।

आर्थिक विकास क्षेत्रतर्फ कृषि विकास कार्यक्रमका लागि १ करोड ५ लाख, पशुपंक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारीतर्फ २४ लाख, उधमशीलता विकासतर्फ ४७ लाख, उपभोक्ता हित संरक्षण तर्फ १० लाख, पर्यटन प्रवर्द्धन तर्फ २५ लाख गरी आर्थिक विकासतर्फ २ करोड ९६ लाख २५ हजार विनियोजन गरिएको छ।

विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधतातर्फ ३० लाख र सरसफाई कार्यक्रमतर्फ १ करोड ६० लाख गरी वन वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड १० लाख विनियोजन गरिएको छ।

यसैगरी, सुशासन तथा संस्थागत विकास क्षेत्रतर्फ राजस्व सुदृढीकरणका लागि ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापन ४० लाख, सूचना तथा सञ्चार (मिडिया) ६० लाख, सूचना तथा प्रविधितर्फ ८० लाख, सुशासन तथा सेवा प्रवाहका लागि ८० लाख, कानुन तथा न्यायिक समितितर्फ ४० लाख गरी सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख रुपैयाँसमेत गरी जम्मा ४ अर्ब ४० लाख व्यय अनुमान गरिएको छ।

प्रकाशित: १० असार २०८२ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast