रास्वपाले गर्‍यो भिजिट भिसा छानबिन समिति अस्वीकार, न्यायाधीशको नेतृत्वमा गठन गर्न माग

हिमाल प्रेस १० असार २०८२ १२:२४
24
SHARES
रास्वपाले गर्‍यो भिजिट भिसा छानबिन समिति अस्वीकार, न्यायाधीशको नेतृत्वमा गठन गर्न माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरिएको र त्यसको कार्यादेश सार्वजनिक गरेका थिए।

तर त्यसपछि रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले उक्त समितिलाई अस्वीकार गर्दै गृहमन्त्रीकै प्रस्तावमा बनेको समिति निष्पक्ष हुन नसक्ने दाबी गरे। ‘आरोपी आफैं अनुसन्धान अधिकृत छान्दै जान मिल्दैन,’ उनले भने, ‘हामी नयाँ हौं, तर बेवकूफ होइनौं।’

रास्वपाले जाँचबुझ आयोग ऐनअन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने माग दोहोर्‍याएको छ। संसद् बैठकअघि बसेको रास्वपाको संसदीय दलको बैठकले छानबिन समिति र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसदमा धारणा राख्ने निर्णय गरेको थियो।

सरकारले सोमबार मन्त्रिपरिषद् बैठकमार्फत गठित छानबिन समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। समितिमा गृहमन्त्रालयसहित छ मन्त्रालयका सहसचिवहरू सदस्य छन्।

समितिमा सहभागी सदस्यहरू

अर्थ मन्त्रालय: तीर्थराज सिलवाल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय: अरूणा जोशी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय: रामकृष्ण लामिछाने

परराष्ट्र मन्त्रालय: मणिरत्न शर्मा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय: प्रदीप कोइराला

गृहमन्त्रालय: आनन्द काफ्ले (सदस्य-सचिव)

प्रकाशित: १० असार २०८२ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast