
काठमाडौँ- कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेका रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
यही असार ७ गते रसुवा नजिकै चिनियाँ भूभागमा उनको मृत्यु भएको हो। मृतक सिंहको शव केरुङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। रासस
प्रकाशित: १० असार २०८२ ७:४६
प्रतिक्रिया