ट्रम्प लेख्छन् : इरान र इजरायलबीच युद्धविरामको सहमति भयो

हिमाल प्रेस १० असार २०८२ ६:४०
18
SHARES
ट्रम्प लेख्छन् : इरान र इजरायलबीच युद्धविरामको सहमति भयो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। तस्बिर : एपी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्ध विराममा सहमति भएको घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका छन्। दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र ‘२४ घण्टामा’ औपचारिक रूपमा युद्ध समाप्त हुने उनले बताएका छन्।

युद्ध विरामको घोषणा भए पनि हालसम्म इजरायल र इरान दुवैले यसको आधिकारिक पुष्टि गरेका छैनन्।

प्रकाशित: १० असार २०८२ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast