तिलोत्तमाको बजेट २ अर्ब ९२ करोड ९३ लाख

हिमाल प्रेस ९ असार २०८२ २०:०९
12
SHARES
तिलोत्तमाको बजेट २ अर्ब ९२ करोड ९३ लाख

बुटवल- आगामी आर्थिक वर्ष २०८२-२०८३ का लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा सोमबार उपप्रमुख जगेश्वरदेवी चौधरीले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पुँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत विनियोजन गरिएको छ।

चालु वर्षमा तिलोत्तमाले २ अर्ब ७६ करोड रुपैयाँको बजेट ल्याएको थियो। तिलोत्तमाले आगामी वर्ष आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार रुपैयाँ प्राप्त हुने प्रक्षपण गरेको छ।

तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिणात्मक अभिवृद्धि गर्ने, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी, उद्यमशीलता, रोजगारी, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने बजेट वक्तव्यमा उल्लेख छ। यस्तै वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा न्यूनीकरण, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने, समतामूलक समाज र समावेशी विकासलाई अगाडि बढाउने र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने जस्ता कार्यक्रमले बजेटमा प्राथमिकता पाएका छन्।

‘समृद्ध नगर : सुखी नगरवासी’ भन्ने लक्ष्य हासिल गर्नको लागि बलियो आधार तय गर्नु बजेटको मूल उद्देश्य रहने चौधरीले बताइन्। शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वाङ्गीण विकास र गुणस्तरमा वृद्धि, सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीमा सुनिश्चित गर्ने, उद्यमशीलताको विकास र नवप्रवर्तनमा आधारित योजनमार्फत रोजगारी सिर्जना गर्ने, वातावरण, विपद् व्यवस्थापन क्षेत्रमा लगानी वृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने बजेटमा बक्तव्यमा उल्लेख गरिएको छ।

प्रकाशित: ९ असार २०८२ २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast