वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर : झापाको कचनकवलदेखि सगरमाथासम्मको यात्रा संघर्ष

हिमाल प्रेस ९ असार २०८२ १८:३२
14
SHARES
वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर : झापाको कचनकवलदेखि सगरमाथासम्मको यात्रा संघर्ष

काठमाडौँ- नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र àजिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ। नयाँ बानेश्वरस्थित वान सिनेमाजमा सोमबार ट्रेलर सार्वजनिक गरिएको हो।

निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेको वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो। वृत्तचित्रमा सगरमाथा चढ्न हिँडेकाहरुको कथा, संकल्प र बाटोमा उनीहरुले भोग्ने चुनौतीहरू देखाइएको छ।

सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रुपमा यात्रा थालेका थिए। त्यससँगै यसमा १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पालगायतको यात्रा समावेश छ।

कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै, ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङ, मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ। त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सकिएकाे छ।

‘यो केवल वृत्तचित्रमात्रै होइन। देश चिनाउने हाम्रो अठोट हो’, पत्रकार प्रेम बानियाँले भने, ‘हामीले यसमार्फत समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा अघि सारेका छौँ। यो नेपालका लागि इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्यायको आरम्भ हो। यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ।’उनले थपे, ‘मानिसको जीवन पनि जिरोबाट सुरु हुन्छ र बिस्तारै बाल्यकाल, किशोरावस्था, वयस्क हुँदै अघि बढ्छ। यो यात्रा मानव जीवनको एउटा यात्राको संकेत पनि हो।’  उनले करिब ५ सय १० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न ९० दिनजति लागेको पनि बताए।

निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए। ‘हामीले देशका लागि मिलेर केही गरौं भनेर लामो समयदेखि सोचेका थियौँ। त्यसक्रममा देशलाई चिनाउने गरी यो अवधारणा अघि सार्न सफल भयौँ। हामीसँग टेण्डी शेर्पा, पुस्कार शाहलगायत व्यक्तित्व जोडिनुभयो। अब यस वृत्तचित्रलाई अमेरिकाका सबै राज्य, युरोप र अष्ट्रेलिया तथा एसियाका अन्य देशमा देखाएर नेपालका हलहरुमा सार्वजनिक गर्ने हाम्रो सोच छ। यसलाई हामीले देश चिनाउने माध्यमका रुपमा सोचेका छौँ। विश्वमा कहीँ सम्भवन नभएको एक मात्र जिरो टु ८८४८ को अवधारणा ल्याउन सफल भएका छौँ। यस पदमार्गलई विकास गर्न सके हाम्रो देशको पर्यटन फस्टाउनेछ र देशलाई विश्वभर चिनाउन सकिनेछ र समृद्धीको एउटा आधार खडा हुनेछ,’ उनले भने।

वृत्तचित्रलाई निर्देशकद्वय निरञ्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायांकन गरेका हुन्। श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छायाकार छन्।

त्यस्तै प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन्। वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले छायांकन गरेका हुन्। यसका उनीहरू दुबै लागि शिखरमा पुगेका थिए।

यस्ताे छ वृत्तचित्रकाे ट्रेलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast