
काठमाडौँ- अभिनेता अनमोल केसी र फिल्म ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
फिल्मको एक दृश्यमा प्रयोग गरिएको मोबाइल नम्बरका कारण आफूले मानसिक तनाव भोगिरहेको भन्दै झापाका नरेन्द्रबहादुर श्रेष्ठले योग्यता भण्डारीको वारेसमार्फत सोमबार अदालतमा मुद्दा दायर गरेका हुन्।
फिरादपत्रमा उनले अभिनेता केसीले फिल्ममा अभिनेत्रीलाई दिएको मोबाइल नम्बर आफ्नो भएको दाबी गरेका छन्। फिल्म प्रदर्शपछि दिनहुँ अपरिचित व्यक्तिबाट फोन आएर आफू मानसिक तनावमा परेको निवेदनमा भनिएको छ। उनले उचित क्षतिपूर्तिसहित विपक्षीलाई कारबाहीको मागसमेत गरेका छन्।
फिल्म गतवर्ष जेठ १० मा प्रदर्शन भएको थियो। लभस्टोरी जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक सुयोग गुरुङ हुन्।
प्रकाशित: ९ असार २०८२ १७:१३
प्रतिक्रिया