नेपालमा बीवाईडी डल्फिन–२०२५ सार्वजनिक

हिमाल प्रेस ८ असार २०८२ २०:००
नेपालमा बीवाईडी डल्फिन–२०२५ सार्वजनिक

काठमाडौँ- बीवाईडी अटो इन्डस्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी डल्फिन २०२५ को नयाँ संस्करण बजारमा नेपालमा ल्याएको छ।

यो संस्करणमा पहिलोपटक ईभी उद्योगमै एलएफपी लो भोल्टेज ब्याट्री समावेश गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गर्दै नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ।

यो ब्याट्री ६ गुणा हलुका, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने र १५ वर्षसम्म टिक्ने क्षमताको रहेको कम्पनीको भनाई छ। यसमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको उपलब्ध गरिने कम्पनीले जनाएको छ।

बीवाईडी डल्फिन २०२५ मा ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिसमेत प्रयोग गरिएको छ, जसले ३४० किमी ‘डब्ल्यूएलटीपी’ रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ। साथै डीसी चार्जिङ सपोर्टसहित ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने छ।

नयाँ संस्करणमा नेपालका भू–परिस्थितिमा उपयुक्त स्पोर्टी सस्पेन्सन, प्रभावशाली एलईडी हेडलाइट्स, सुधारिएको एस प्रणाली, मोबाइल फोन एनएफसी की, ब्लुट्रुथ की र प्यासेन्जर डोर स्विचलगातका विशेषता रहेको कम्पनीले जनाएको छ।

कम्पनीले जनाएअनुसार बीवाईडी डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार निर्धारण गरिएको छ जसमा ७ किलोवाट होम चार्जर पनि समावेश गरिएको छ। यो गाडी बीवाईडी शोरुम तथा डिलरहरुमा बुकिङ र परीक्षण ड्राइभका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडी डल्फिन २०२५ फिचर अपग्रेडमात्र नभएर हरित भविष्यको यात्राको निरन्तरता रहेको बताइन्।

मुख्य कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी डल्फिन इलेक्ट्रिक जीवनशैलीको वाहक रहेको भन्दै स्वदेशी ऊर्जा, शून्य उत्सर्जन र उत्कृष्ट सेवाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रकाशित: ८ असार २०८२ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast