पशुपति विकास कोषका सदस्यसचिवसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ८ असार २०८२ १८:१८
24
SHARES
पशुपति विकास कोषका सदस्यसचिवसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कोषको सम्पत्ति हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले आइतबार १४ जनासहित दुई कम्पनीविरूद्ध मुद्दा दायर गरेको हो।

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरेर उनीहरूले कोषको सम्पत्ति हिनामिना तथा हानी नोक्सानी पु¥याएको अख्तियारको दाबी छ।

अख्तियारले उनीहरूविरूद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबीसहित आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार सदस्य सचिव डा.थापा, तत्कालीन सदस्य एवं हाल परिषद् सदस्य राजकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, तत्कालीन निमित्त उपनिर्देशक हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रिकल विभाग प्रमुख युवराज अधिकारी, कानुनी सल्लाहकार लैनबहादुर थापा, म्याप इन्टरप्रेर्नस प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई तथा एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक लगायतमाथि मुद्दा दर्ता भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast