जसपा (नेपाल) ले भाद्रमा सबै प्रदेशको अधिवेशन गर्ने

हिमाल प्रेस ८ असार २०८२ १७:२७
16
SHARES
जसपा (नेपाल) ले भाद्रमा सबै प्रदेशको अधिवेशन गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी भाद्र महिनामा सबै प्रदेशका प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ।

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा दुई दिनदेखि जारी केन्द्रीय कार्यकारिणी समिति बैठकले आगामी भाद्रमा सातवटै प्रदेशको महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले भाद्र २५ देखि २७ गतेभित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य निर्मला यादवले जानकारी दिइन्।

जारी बैठकमा प्रदेश अधिवेशनका साथै सांठनिक प्रगति, समीक्षा र आगामी जारी बैठकमा कार्ययोजनाका साथै आगमी केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।

प्रकाशित: ८ असार २०८२ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast