पहिलोपटक एकल साँझ गर्दै गीतकार टेक तामाङ

हिमाल प्रेस ८ असार २०८२ १४:१६
22
SHARES
पहिलोपटक एकल साँझ गर्दै गीतकार टेक तामाङ

काठमाडौँ- गीतकार टेक तामाङले यही असार १४ मा पहिलोपटक एकल साँझ गर्ने भएका छन्। एकल साँझ गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुनेछ। अपरान्ह ४ बजे सुरू हुने कार्यक्रमको नाम ‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ नाम दिइएको छ।

‘टेक तामाङ सांगीतिक साँझ -२०८२’ ले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवद्र्नमा प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ। आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रम व्यवस्थापन समितिका संयोजक थापाले एकल साँझलाई भव्य बनाउन योजना रहेको बताए। उनका अनुसार कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं साहित्यकार बैरागी काइँला प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। कार्यक्रममा निःशुल्क टिकटको व्यवस्था गरिएको छ।

गीतकार तामाङको थुप्रै गीत रेकर्ड छन्। एकल साँझमा गीतकार तामाङले नयाँ र पुराना गरी १७ गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ। उनले ‘नेपाल मेरो घर’, ‘आमा’, ‘स्वर्ग सुख’, ‘मीठा मीठा बोली’, ‘आफ्नै धड्कन’, ‘मन पर्छ’, ‘अल्झिरह्यो याद’, ‘नजिक यति भएर पनि’, ‘तिमीलाई पराईको’, ‘अँगालोमा बेरिरहुँ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’, ‘स्वर्ग झैं सैलुङ्ग’लगायत गीत विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्नेछन्।

प्रत्यक्ष वाद्यवादनसहित अग्रजदेखि अहिलेका लोकप्रिय गायक गायिकासम्म रहनेछन्। कार्यक्रममा दिप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेश पायल राई, अञ्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान, डेबिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सञ्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिनालगायत संगीतकारले गीतकार  तामाङका गीत गाउँनेछन्।

२०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील छन्। उनका राष्ट्रिय भावधाराका गीत तथाकवितासंग्रह ‘माटोको आवाज’,  गीतसंग्रह ‘स्वदेश’,  ‘जीवनसाथी’, ‘आमा’, ‘नाता’, भजनसंग्रह ‘भक्तिसागर’, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह ‘नेपाल आमा’ जस्ता कृति सार्वजनिक भएका छन् भने केही पाण्डुलिपि आउने तयारीमा छ।

नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्र्याउँदै आएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुन्। हाल उनी काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख भएर राष्ट्रसेवामा समर्पित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast