
काठमाडौँ- एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि मलेसियामा सुरु हुँदैछ। उद्घाटन खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ।
यो खेल बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरेको छ।
टोलीको उपकप्तानमा सूर्यांशु कोइराला रहेका छन्। १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन्।
यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्। नेपालले दोस्रो खेलमा पर्सि मंगलबार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ।
समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।
यस्तो छ नेपाली टोली :
विपिनप्रसाद शर्मा, सूर्याशु कोइराला, शिवांश बजगाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम् खनाल, प्रसिद्ध जैशी, जोय थापा, रोशन शाही