नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

हिमाल प्रेस ७ असार २०८२ १८:२६
नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

काठमाडौँ- नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पाँचौँ बैठक काठमाडौँमा सम्पन्न भएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयअन्तर्गत युरोप तथा अमेरिका डिभिजनका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकालले गरेका थिए।प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो।

फ्रेन्च प्रतिनिधिमण्डलको नेतृत्व फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयमा एसिया तथा ओसियानिया विभागका निर्देशक बेन्वा गिदेले गरेका थिए। प्रतिनिधिमण्डलमा नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवाल, उपप्रमुख एल्सा क्याली र डेस्क अफिसर हेलेन शिन्केल सहभागी थिए।

बैठकले हालसम्मका द्विपक्षीय सहकार्यहरूको समीक्षा गरेको थियो। वैठक विशेषतः मोरिस हेर्जोग र लुइस लाशेनालद्वारा अन्नपूर्ण प्रथमको पहिलो सफल आरोहणको ७५ औँ वार्षिकोत्सवको पृष्ठभूमिमा केन्द्रित रहेको थियो।

बैठकमा दुवै पक्षले आर्थिक साझेदारी, विज्ञान, प्रविधि, शिक्षा, संस्कृति, जलवायु संरक्षणलगायतका विषयमा विस्तृत छलफल गरेका थिए। साथै नवीकरणीय ऊर्जा, विपद् जोखिम न्यूनीकरणका लागि प्रारम्भिक जोखिम प्रणालीजस्ता नयाँ तथा उदाउँदो क्षेत्रहरूमा सहकार्य सुदृढ गर्न आपसी चासो व्यक्त गरिएको थियो।

आगामी छैठौँ बैठक अनुकुल मितिमा फ्रान्सको पेसिरमा आयोजना गर्ने दुवै पक्षबीच सहमति भएको छ।

प्रकाशित: ७ असार २०८२ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast