इरानी विदेशमन्त्री अरागचीको चेतावनी : अमेरिकाको हस्तक्षेप घातक हुन सक्छ

हिमाल प्रेस ७ असार २०८२ १७:१३
28
SHARES
इरानी विदेशमन्त्री अरागचीको चेतावनी : अमेरिकाको हस्तक्षेप घातक हुन सक्छ

काठमाडौँ– इरानका विदेशमन्त्री अब्बास अरागचीले आफ्नो देशमाथि भइरहेको बमबारीको बीचमा अमेरिकासँग कुनै वार्ता सम्भव नरहेको बताएका छन्।

इस्तानबुलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अरागचीले भने,‘हाम्रा जनता बमबारीको चपेटामा परिरहेका छन्, यस्तो अवस्थामा हामी अमेरिकासँग कुनै किसिमको संवाद गर्न सक्दैनौँ।’

अमेरिका सुरूदेखि इरानमाथिको आक्रमणमा संलग्न रहेको अरागचीले आरोप लगाए। यद्यपि उनले आफ्नो दाबी पुष्टि गर्न कुनै प्रमाण सार्वजनिक गरेका छैनन्।

उनले भने,‘हामी कूटनीतिक वार्ताका लागि सधैँ तयार छौँ। अतीतमा पनि कूटनीतिक उपायले समाधान निकालेका छन् र भविष्यमा पनि यस्तै उपाय सफल हुन सक्छ। तर, वार्ताको पूर्वसर्त भनेको यो आक्रामकता तुरुन्त रोकिनु हो।’

विदेशमन्त्री अरागचीले इजरायल र इरानबीच जारी तनावमा अमेरिका कुनै प्रकारले संलग्न भएमा त्यसको परिणाम ‘अत्यन्त खतरनाक’ हुने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरे तापनि अन्तिम समयमा त्यसलाई रोक्ने निर्णय गरेका थिए। इरान आफ्नो परमाणु कार्यक्रम परित्याग गर्न सहमत हुने विश्वासका साथ ट्रम्प आक्रमण गर्ने निर्णयलाई विराम दिएका हुन्।

प्रकाशित: ७ असार २०८२ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast