इजरायलद्वारा इरानको परमाणु संरचनामा आक्रमण, इरानको वरिष्ठ सैन्य कामाण्डर मारिएको दाबी

हिमाल प्रेस ७ असार २०८२ १५:१८
38
SHARES
इजरायलद्वारा इरानको परमाणु संरचनामा आक्रमण, इरानको वरिष्ठ सैन्य कामाण्डर मारिएको दाबी फाइल तस्बिर : एफपी

काठमाडौँ- इरानका परमाणु संरचनाहरूमा इजरायलको हवाई आक्रमण जारी रहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ। इजरायली वायुसेनाले इरानको इस्फहान सहरस्थित एक महत्वपूर्ण परमाणु केन्द्रलाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरिएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा देशको हवाइ प्रतिरक्षा प्रणालीले जवाफी कारबाही गरेको थियो। यसक्रममा विस्फोटका ठूला आवाजहरू सुनिएको बीबीसीले जनाएको छ।

यद्यपि आक्रमणपछि कुनै रेडियाधर्मी वा खतरनाक तत्वको चुहावट भएको जानकारी प्राप्त भएको छैन।

इरानको फार्स न्युज एजेन्सीका अनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले हालसम्म यो केन्द्रको स्थितिबारे औपचारिक जानकारी दिएको छैन।

यसैबीच इजरायली सेनाले शुक्रबार र शनिबार राति इरानको मिसाइल भण्डारी केन्द्र र संरचतात्मक पूर्वाधारहरूलाई लक्षि गर्दै एकपछि अर्को हवाइ आक्रमण गरेको बताइएको छ।

यसैबीच इजरायलका रक्षामन्त्री इसराइल कात्जले शनिबार एक वक्तव्य जारी गर्दै इजरायली रक्षाबल (आईडीएफ) ले इरानको कुम सहरस्थित एक आवासीय भवनमा आक्रमण गरेको जानकारी दिएका छन्।

आक्रमणमा इरानका एक वरिष्ठ कमाण्डर सईद इजादीको मृत्यु भएको इजरायलले दाबी गरेको छ।

कात्जका अनुसार सईद इजादीले २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणका क्रममा आर्थिक सहयोग गरेका थिए।

उनले भने,‘यो इजरायली गुप्तचर निकाय र वायु सेनाको ठूलो सफलता हो। यो हत्या भएका नागरिक र अपहरणमा परेकाहरूप्रति न्याय हो।’

सईद इजादी इरानको शक्तिशाली कुद्स फोर्सका सदस्य थिए, जुन इस्लामिक रिभोल्युसनरी गार्ड कोअन्तर्गत पर्ने विशेष सैन्य शाखा हो।

प्रकाशित: ७ असार २०८२ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast