सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

हिमाल प्रेस ७ असार २०८२ ७:२०
10
SHARES
सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर- भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ। यसअघि संकलित तथ्यांकको आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो। षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ।

वडास्तरीय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमि आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिए।

सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाइँको भनाइ छ।

पालिकास्तरमा निर्णय भएर आएकाको जिल्लामा पुनः प्रमाणीकरण गरेपछि लालपूर्जा वितरणको काम अघि बढाउने आयोगले जनाएको छ।

‘हामीले वडास्तरबाट सुकुम्बासीको प्रमाणीकरण थालेका छौँ’ अध्यक्ष चौलागाइँले भने, ‘षडानन्द नगरपालिकामा ६० जनाको पालिकास्तरबाट प्रमाणीकरण भएको छ। अन्य पालिकामा पनि काम अघि बढाएका छौँ।’

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लक्षित गरेर उनीहरूको तथ्यांक संकलन पश्चात वडा तथा पालिकास्तरबाट प्रमाणीकरण थालिएको हो। अन्तिम प्रमाणीकरणमा परेकालाई राज्यको नियम अनुसारको जग्गा वितरण हुने आयोगले जनाएको छ ।

प्रकाशित: ७ असार २०८२ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast