‘संक्रमणकालीन न्यायसम्बन्धी विषय अगाडि बढाउन कुनै कमजोरी हुन दिइने छैन’

हिमाल प्रेस ६ असार २०८२ १९:११
20
SHARES
‘संक्रमणकालीन न्यायसम्बन्धी विषय अगाडि बढाउन कुनै कमजोरी हुन दिइने छैन’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका लागि कुनै कमिकमजोरी हुन नदिने स्पष्ट पारेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रमुुख तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउन निकै ढिलाई भएको भन्दै सचेततापूर्वक कुनै पनि ठाउँमा कमी कमजोरी नहुने गरी अघि बढाउने बताएका हुन्।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण गरी कामहरु प्रारम्भ भइसकेको अवस्थामा संयन्त्रहरुले गरेका कामका बारेमा सामान्य ब्रिफिङ गर्ने काम भएको प्रधानमन्त्रीका विशेष सल्लाहकार अग्नि खरेलले जानकारी दिए।

सँगसँगै कार्यालय व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको उनले बताए। खरेलले संक्रमणकालीन न्यायसम्बन्धी आयोगलाई सहजीकरण गर्न सरकार तयार रहेको र राजनीतिक दलहरुले उपयुक्त ढंगले संयोजन गर्ने तथा बाँकी कामहरु आयोगले नै गर्ने कुरामा सचेत रहेको धारणा राखे।

उनले अहिले सरकारी पक्षबाट उपचार गर्ने कुराहरुमा सरकारी अस्पतालहरूलाई अगाडी बढाउन स्वास्थ्य मन्त्रालयले एउटा संयन्त्र नै बनाइएको जानकारी दिए। कार्यविधिको तहमा रहेर संक्रमणकालीन न्यायसँग गाँसिएका द्वन्द पीडितहरुका उपचार हुने जानकारी सरकारका तर्फबाट शीर्ष नेतालाई गराइएको खरेलले बताए।

बैठकका क्रममा प्रधानमन्त्री ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको विषयमा सबै नेताहलाई बधाई समेत दिएका थिए। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी थिए।

प्रकाशित: ६ असार २०८२ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast