
काठमाडौँ- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे। तर, सांसदहरूले आग्रह नमानेपछि बैठकको मन्त्रालयगत बजेटमाथिको छलफल भने यथावत् राखियो।
विरोधपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका हुन्। निरन्तरको अवरोधपछि सभामुख घिमिरेले आजको कार्यसूचीबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइएको घोषणा गरेका छन्।
रास्वपा र राप्रपा सांसदहरूले केही दिनयता संसद्मा वेल घेराउ गर्दै गृहमन्त्रीको राजीनामा माग्दै आएका छन्।