सिरहामा आँप चिस्यान केन्द्र नहुँदा समस्या

हिमाल प्रेस ६ असार २०८२ ८:१७
14
SHARES
सिरहामा आँप चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा- सिरहामा अहिले आँपको मौसमले गाउँबस्ती, सडक र बजार सुवासित बनाएको छ। माल्दलगायतका आँपको उत्पादनले सिरहालाई ‘आँपको राजधानी’ भनेर चिनाउन थालेको छ। यहाँका सयौँ किसानको रोजगारी, जीवनयापन र आम्दानी यही फलमा आधारित छ।

गोलबजारका भरत यादव र निरज सिंहले सय बिघामा आँपको व्यावसायिक खेती गर्दै सयौँलाई रोजगारी दिएका छन्। तर, भारतीय आँपको सहज आयात र बजारमा प्रभुत्वका कारण स्थानीय किसान भने चिन्तित छन्।

सिरहा जिल्लाले मात्रै वार्षिक १ लाख ४ हजार मेट्रिक टनभन्दा बढी आँप उत्पादन गर्छ। मधेश प्रदेशका ८ जिल्लाले देशको कुल आँप उत्पादनको ७७ प्रतिशत हिस्सा ओगटेका छन्। तर, भण्डारणका लागि चिस्यान केन्द्र नहुनु, विषादीयुक्त विदेशी आँपको प्रतिस्पर्धा र बजार व्यवस्थापन कमजोर हुँदा व्यावसायिक किसानहरू मारमा छन्।

लहान, गोलबजार, मिर्चैया लगायतका नगरपालिकाले ५० प्रतिशत अनुदानमा आँपको बिरुवा वितरण गर्दै खेती विस्तार गरिरहेका छन्। लहानको माल्द आँप स्वाद र सुगन्धमा अब्बल भए पनि ठगी, लेबलिङको झुठो प्रयोग र विषादी प्रयोगका कारण यसको ब्राण्डमा असर पर्न थालेको छ।

स्थानीय तहले आँपलाई ब्राण्डिङ गर्न थालेको भए पनि उत्पादन घटेका वर्षमा त्यो निरन्तरता छैन। कृषकहरू भन्छन्- सरकारले संरक्षण, भण्डारण र निर्यातमा सहयोग गरे मात्र मधेशको आँप अन्तर्राष्ट्रिय बजारमा चम्किन सक्छ।

प्रकाशित: ६ असार २०८२ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast