नेपाल लाईफ इन्स्योरेन्सको ३७ औँ साधारणसभा सम्पन्न

हिमाल प्रेस ५ असार २०८२ १७:४५
नेपाल लाईफ इन्स्योरेन्सको ३७ औँ साधारणसभा सम्पन्न

काठमाडौँ- नेपाल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडको ३७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सधारणसभा सम्पन्न भएको हो।

सभामा समीक्षा वर्ष २०८०/८१ मा मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ।

अध्यक्ष सिंहले कोभिड–१९ महामारीको दीर्घकालीन असर, भूराजनीतिक संघर्ष, प्रतिकूल मौसम तथा आपूर्ति प्रणालीमा आएको बाधाका कारण खाद्यान्न, ऊर्जा र अन्य उपभोग् वस्तुहरूको मूल्यवृद्धि भएको बताइन्।

साथै सहकारी क्षेत्रमा देखिएको समस्या, घरजग्गा कारोबारमा आएको मन्दी, बस्तु तथा सेवाको घट्दो मागका कारण अर्थतन्त्रमा सुस्तता आएको उनको भनाइ थियो।

२०७९/८० को तुलनामा कम्पनीको कुल बिमा शुल्क २१.९० प्रतिशतले वृद्धि भई २०४९.१२ करोड पुगेको साधारणसभामा जानकारी दिइएको छ। यस अवधिमा कम्पनीको सञ्चालनबाट १३६८.१८ करोड रुपैयाँ बिमा करार दायित्वमा सारिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २१.७० प्रतिशतले वृद्धि भई कुल ७९६०.१८ करोड पुगेको छ।

बिमा दाबी भुक्तानीतर्फ कम्पनीले मृत्यु, अवधि समाप्ती, आंशिक अवधि समाप्ती, समर्पण मूल्य तथा अन्य दाबीवापत ८३२.८२ करोड रुपैयाँ भुक्तानी गरेको छ। लगानीतर्फ कम्पनीको कुल लगानी १७.३५ प्रतिशतले बढेर ७०१५.४६ करोड रुपैयाँ पुगेको छ। कम्पनीको लगानीबाट प्राप्त वार्षिक औसत प्रतिफल दर ९.१७ प्रतिशत रहेको छ।

सभाले १० प्रतिशत नगद लाभांश (रु.५२.१२ करोड), पाँच प्रतिशत बोनस सेयर (रु.२६.०६ करोड) तथा लाभांश कर प्रयोजनका लागि ४.११ करोड नगद स्वीकृत गरेको छ। यसबाट कम्पनीको कुल चुक्ता पुँजी ५.४७ अर्ब पुगेको छ।

प्रकाशित: ५ असार २०८२ १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast