शिक्षकको कार्यसम्पादन मूल्यांकन समयमै गर्न आयोगको निर्देशन

हिमाल प्रेस ५ असार २०८२ १७:१७
150
SHARES
शिक्षकको कार्यसम्पादन मूल्यांकन समयमै गर्न आयोगको निर्देशन

काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०८१ का शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन प्रक्रिया निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

आयोगले असार ५ गते जारी गरेको सूचनामा सबै शिक्षा विकास तथा समन्वय एकाइहरूमार्फत जिल्लाभित्रका स्थानीय तहहरूबाट प्राप्त शिक्षक कार्यसम्पादन मूल्यांकन फारामहरू समयमै पुनरावलोकन समितिबाट समेत मूल्यांकन गर्न भनिएको छ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३२ को उपनियम (९) अनुसार, शैक्षिक सत्र प्रारम्भ भएको मितिले ९० दिनभित्र पुनरावलोकनको मूल्यांकन सक्नुपर्ने व्यवस्था रहेकाले आयोगले सम्बन्धित एकाइहरूलाई कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरेको हो।

आयोगले समयमै मूल्यांकन नहुँदा शिक्षकहरूको वृत्तिविकासमा असर पर्न सक्ने भन्दै यो प्रक्रियालाई संवेदनशीलताका साथ लिन स्थानीय तहहरूलाई समेत सूचना सम्प्रेषण गर्न निर्देशन दिएको छ।

त्यसैगरी, आयोगले शिक्षा विकास निर्देशनालयहरूलाई समयमै मूल्यांकन फाराम प्राप्त गर्न आवश्यक सहजीकरण गर्न आग्रह समेत गरेको छ।

प्रकाशित: ५ असार २०८२ १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast