कति छ आज सुनको भाउ?

हिमाल प्रेस ५ असार २०८२ १०:५८
18
SHARES
कति छ आज सुनको भाउ?

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी २ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको थियो ।

यस आधारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको महासंघले जनाएको छ।

महासंघका अनुसार केही दिन आन्दोलनका कारण बन्द भएका राजधानीका सुनचाँदी पसल बिहीबारदेखि निर्बाध सञ्चालनमा आएका छन्।

प्रकाशित: ५ असार २०८२ १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast