मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

हिमाल प्रेस ४ असार २०८२ २३:२३
48
SHARES
मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

काठमाडौँ- मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ।

सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो।

सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए। रेडकर्नर नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेका थिए।

उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो।

ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलनसम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

भण्डारीले मितेरी सहकारीको ३ करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast