सत्तारुढ दलका शीर्ष नेताबीच भेटवार्ता, यी विषयमा भए छलफल

हिमाल प्रेस ४ असार २०८२ २१:१३
94
SHARES
सत्तारुढ दलका शीर्ष नेताबीच भेटवार्ता, यी विषयमा भए छलफल

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच छलफल भएको छ। भेटवार्तामा संसदको अवरोध अन्त्य गर्ने, बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

संसदमा र संसदीय समितिमा भएका विधेयकहरुलाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का थिए।

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले सदनमा विरोध गरिरहेका छन्। रास्वपा सांसदहरू निलो स्कार्फसहित उपस्थित भएपछि मंगलबार बैठक बस्न सकेको थिएन। रास्वपा सांसदहरू निलो स्कार्फसहित उपस्थित भएपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन्।

प्रकाशित: ४ असार २०८२ २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast