अब बाल विकास शिक्षकको तलब १९ हजार, विद्यालय कर्मचारीको २२ हजार!

हिमाल प्रेस ४ असार २०८२ २०:२३
10.0k
SHARES
अब बाल विकास शिक्षकको तलब १९ हजार, विद्यालय कर्मचारीको २२ हजार!

 काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत केन्द्र, सानोठिमी, भक्तपुरले आर्थिक वर्ष २०८२/८३ का लागि स्थानीय तहहरूमा सशर्त अनुदानमा आधारित शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने जानकारी दिएको छ।

केन्द्रद्वारा असार ४ गते जारी सूचनामा, बाल विकास शिक्षक, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगी कर्मचारीको मासिक तलबभत्ता संघीय सरकारले विनियोजन गरिसकेको उल्लेख गरिएको छ।

उक्त सूचनामा उल्लेख भएअनुसार बाल विकास शिक्षकको तलब मासिक रु १२,०००, विद्यालय कर्मचारीको तलब मासिक रु १५,००० तथा विद्यालय सहयोगी कर्मचारीको तलब मासिक रु १०,००० निर्धारण गरिएको छ। संघीय सरकारले सशर्त अनुदानमार्फत उक्त रकम विनियोजन गर्ने निर्णय गरेको हो।

बाल विकास शिक्षकको उक्त तलबमाथि स्थानीय तहले रु ७ हजार रुपैयाँ थप गरेपछि १९, ००० हुनेछ भने विद्यालय कर्मचारी (लेखापाल) को २२, ००० र कार्यालय सहयोगीको १७, ००० हजार हुनेछ।

मन्त्रालयले यो आर्थिक वर्षका लागि एलएमबिआइस (LMBIS) प्रणालीमार्फत जानकारी प्राप्त भएका शिक्षासम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

विद्यालय, शैक्षिक संस्था, विद्यार्थी संख्या, स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकहरूको विवरण भने आईइएमआइस (IEMIS) प्रणालीमार्फत अद्यावधिक गरिनेछ।

साथै, केन्द्रले जारी गरेको पत्रमा अन्य क्रियाकलापहरूको विवरण संलग्न सूचीमा उल्लेख गरिएको छ भने समग्र कार्यक्रम सञ्चालनका लागि विस्तृत प्रक्रियासहितको ‘कार्यक्रम कार्यान्वयन कार्यविधि ०८२/८३’ समेत पालना गर्नुपर्ने भनिएको छ। मन्त्रालयले सबै स्थानीय तहहरूलाई सूचना कार्यान्वयनका क्रममा यी निर्देशहरूलाई आधार मानेर काम गर्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast