
काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच भेटवार्ता भएको हो।
भेटवार्तामा संसदको अवरोध अन्त्य गर्ने, बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सदनमा विरोध गरिरहेका छन्।
रास्वपा सांसदहरू निलो स्कार्फसहित उपस्थित भएपछि मंगलबार बैठक बस्न सकेको थिएन। रास्वपा सांसदहरू निलो स्कार्फसहित उपस्थित भएपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन्।
प्रकाशित: ४ असार २०८२ २०:१२
प्रतिक्रिया