
हुम्लाको दक्षिणी क्षेत्र अदानचुली गाउँपालिकाको गल्फागाडस्थित खेतमा धान रोपाइँ गर्दै किसान। अदानचुली, ताँजाकोट, सर्केगाड र चंखेली गाउँपालिकाको कर्णाली नदी आसपासका क्षेत्र र खोला आसपासका जमिनमा धान रोप्ने गरिन्छ। समयमै पानी नपरेकाले यस वर्ष रोपाइँ ढिला सुरु भएको हो। तस्बिरः कालीबहादुर थापा/रासस
प्रकाशित: ४ असार २०८२ १९:५३
प्रतिक्रिया