‘महाभोज’ ले सहकारीको विषय फेरि संसदमा बोल्न बाध्य बनायो : सांसद ज्ञानेन्द्र शाही

हिमाल प्रेस ४ असार २०८२ १२:०२
26
SHARES
‘महाभोज’ ले सहकारीको विषय फेरि संसदमा बोल्न बाध्य बनायो : सांसद ज्ञानेन्द्र शाही

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘महाभोज’ ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

सुन्धारास्थित क्युएफएक्स सिनेमा हलमा मंगलबार फिल्म हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

शाहीले ‘महाभोज’ले कुनै व्यक्तिलाई लक्षित नगरी सहकारीमा कसरी ठगी हुन्छ भन्ने समग्र पक्षलाई उजागर गरेको बताए। उनले फिल्म सहकारीको स्थापना राम्रो उद्देश्यका लागि भए पनि त्यसको दुरुपयोग भइरहेको यथार्थ देखाइएको उल्लेख गरे। ‘निर्देशकले जोखिम मोलेर यो कथा उठाउने हिम्मत गर्नुभएको छ, अब यसले हामीलाई फेरि पनि संसदमा बोल्न बाध्य बनाएको छ’, शाहीले भने।

उनले यसअघि पनि संसदीय समिति गठन गरी सबैलाई छानबिन गर्नुपर्ने माग गरेकोले यो देशैभरिको समस्या भएको दोहोर्‍याए। ‘कि त ऐन ल्याउनुपर्‍यो, कि त छानबिन हुनुपर्‍यो। अब फेरर संसदमा आवाज उठ्नेछ।’ उनले भने।

फिल्मले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सहकारी ठगीजस्तो संवेदनशील र सामाजिक यथार्थलाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकहरूले प्रशंसा गरिरहेका छन्।

दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखनमा बनेको छ। हिमाल कडरियाले निर्माण गरेको फिल्ममा क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति छ।

फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast