
काठमाडौँ- स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी २० क्रिकेट शृंखलाअन्तर्गत मंगलबारको खेलमा नेपालले ९८ रनको लक्ष्य पाएको छ। नेपालले २ बल बाँकी छँदै स्कटल्याण्डलाई ९७ रनमा अलआउट गरेको हो।
नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिएका थिए। नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।
आइतबार भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले हार बेहोर्नु परेको थियो। सोमबार भने नेदरल्याण्डसँग सुपरओभरमा हारेको थियो।
प्रकाशित: ३ असार २०८२ २१:३०
प्रतिक्रिया