इजरायल-इरान संघर्ष : इन्धनको मूल्यमा कस्तो पर्ला असर?

हिमाल प्रेस ३ असार २०८२ २०:४२
28
SHARES
इजरायल-इरान संघर्ष : इन्धनको मूल्यमा कस्तो पर्ला असर? तस्बिर : एफपी

काठमाडौँ- इरानमाथि इजरायलको आक्रमण र त्यसको जवाफमा इरानको कारबाहीपछि विश्व बजारमा हलचल मच्चिएको छ। विशेषगरी तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको देखिएको छ।

तर, दुवै देशबीच मिसाइल र ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्य फेरि घट्न थालेको छ। यद्यपि अहिले पनि तेलको मूल्य एक महिनाअघि भन्दा १० डलरले बढी छ। यसले ऊर्जा लागतको वृद्धिका कारण पेट्रोल, खाद्ययवस्तु महँगो हुनसक्ने चिन्ता फेरि बढाएको छ।

तीन वर्षअघि युक्रेनमाथि रूसको आक्रमणपछि पनि यस्तै प्रभाव परेको थियो, जसले विश्वभर जनजीवनलाई असर पारेको थियो।

कति बढ्यो तेलको मूल्य?

पछिल्लो हप्ता इरान–इजरायलबीचको संघर्षपछि तुरुन्तै प्रभाव देखियो। अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलको प्रमुख सूचक ‘ब्रेन्ट क्रूड’ शुक्रबार प्रति ब्यारेल ७८ डलरमाथि पुग्यो। पछि यो घटेर करिब ७४.५० डलरमा आइपुग्यो। यद्यपि यो एक महिनाअघि भन्दा अझै पनि १० डलरले महँगो हो।

के अब सबै कुरा महँगो हुन्छ?

कच्चा तेलको मूल्य बढ्दा, पेट्रोलको मूल्यमा प्रत्यक्ष असर देखिन्छ। इन्धन महँगो हुँदा कृषि, निर्माणलगायत प्रायः सबै क्षेत्रमा लागत बढ्छ। खासगरी कृषिमा उपकरण चलाउन, उत्पादन बजारसम्म पु¥याउन, प्रशोधन र प्याकेजिङमा उच्च लागत पर्न सक्छ।

तेलको मूल्य लामो समयसम्म स्थिररूपमा वृद्धि भइरहँदा यस्तो प्रभाव देखिन्छ। कैयौँ देशमा कर नीतिहरूले पनि पेट्रोल–डिजेलको मूल्यलाई स्थिर राख्न मद्त गर्छ।
विश्लेषक डेविड अक्स भन्छन्,‘सामान्य नियमअनुसार तेलको मूल्यमा १० डलरको वृद्धिले पेट्रोलको मूल्यमा झन्डै ७ पेन्सको वृद्धि ल्याउँछ।’ तर, उनी चेतावनी दिन्छन्–समस्या केवल तेलसम्म सीमित छैन। रुस–युक्रेन युद्धपछि बढेको महँगी मुख्यतः ग्यासको मूल्यवृद्धिका कारण थियो।

हालैको इरान–इजरायल संघर्षपछि ग्यासको मूल्यमा पनि वृद्धि देखिएको छ। यद्यपि यसले आम उपभोक्तामा प्रभाव पार्न केही समय लाग्न सक्छ, किनभने बजार प्रणालीमा नियामकहरूको भूमिका हुन्छ।

के तेल अझै महँगो हुन्छ?

इनर्जी एस्पेक्ट्सका भूराजनीतिक प्रमुख रिचर्ड ब्रान्ज भन्छन्,‘वर्तमान अवस्था निकै संवेदनशील र चिन्ताजनक छ।’

तर यसको प्रभावक युक्रेन युद्धजस्तो ठूलो नहुन सक्ने उनको भनाइ छ। इजरायल–इरान संघर्ष कहिलेसम्म रहला? क्षेत्रीय शक्तिहरू यसमा कति संलग्न हुन्छन्? अमेरिका तनाव घटाउन कस्तो पहल गर्छ? यी विषयहरू महत्वपूर्ण रहेको उनको भनाइ छ।

त्यसबाहेक सबैभन्दा महत्वपूर्ण कुरा हो– ‘होमुर्ज जलमार्ग’ मा तेल ढुवानीमा बाधा आउँछ? यो मार्ग विश्वको कुल तेल आपूर्तिको पाँचौँ भागलाई अन्तर्राष्ट्रिय बजारसम्म ल्याउने मार्ग हो।

ब्रान्ज भन्छन्,‘यो निकै साँघुरो जलमार्ग हो। र, विश्व तेल बजारको दृष्टिले अति संवेदनशील स्थान हो।’ यद्यपि यस्तो अवस्था अझै पनि असंभाव्य छ, तर इरानले अघिल्ला समयभन्दा अहिले बढी धम्की दिएको देखिन्छ।

वैश्विक आपूर्ति र अर्थतन्त्र

कोरोना महामारी र युक्रेन युद्धपछिको समयमा तेलको माग बढिरहेको थियो। तर, अहिले विश्व अर्थतन्त्र गम्भीर चुनौतीको सामना गरिरहेको छ। यद्यपि साउदी अरबदेखि ब्राजिलसम्मका उत्पादकहरूले आपूर्ति बढाउनसक्ने क्षमता राख्छन्, जसले मूल्यवृद्धि नियन्त्रण गर्न सक्छ।

विश्व अर्थतन्त्रमा असर

इन्धन कति महँगो हुन्छ र त्यसको असर कति फैलिन्छ भन्ने कुरा इरान–इजरायल संघर्ष कति तन्किन्छ भन्ने कुरामा निर्भर हुन्छ।

एलिआन्जका मुख्य आर्थिक सल्लाहकार मोहम्मद एल–एरियन भन्छन्,‘यो संघर्षले खराब समयमा विश्व अर्थतन्त्रमा झड्का दिन सक्छ।’

उनका अनुसार ‘यो अल्पकालीनमात्र होइन, दीर्घकालीन असरसमेत पार्नसक्ने खतरा हो। यो अमेरिका नेतृत्वको विश्व आर्थिक संरचनामाथि अर्को झड्का हो।’

क्यापिटल इकोनोमिक्सको आकलनअनुसार, यदि तेलको मूल्य सय डलर प्रतिब्यारेलभन्दा माथि पुग्यो भने तीव्र रुपमा बढिरहेको मुद्रास्फीति (महँगी) एक प्रतिशतले बढ्न सक्छ। यसले ब्याजदर घटाउने अपेक्षा राखेका केन्द्रीय बैंकहरूलाई कठिनाइमा पार्न सक्छ।

तर, डेविड अक्स भन्छन्, यस्तो अवस्था हुने सम्भावना कम छ। ‘मध्यपूर्वमा अस्थिरता नयाँ कुरा होइन, यसअघि पनि धेरैपटक यस्तो भएको छ। यो एक हप्ताभित्रै सकिन सक्छ,’ उनी भन्छन्।

बीबीसीको सहयोगमा।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast