यी स्थानमा पर्नेछ आज पानी

हिमाल प्रेस ३ असार २०८२ ६:१६
20
SHARES
यी स्थानमा पर्नेछ आज पानी

काठमाडौँ- हाल कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले आज देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च/पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च/पहाडी तथा हिमाली भू/भागका एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ३ असार २०८२ ६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast